ad ad

समाज


नक्कली शरणार्थी प्रकरणमा समातिएका दुईजनालाई खाँण गृहमन्त्री हुँदा छुटाइयो- पूर्वएआईजी शर्मा

नक्कली शरणार्थी प्रकरणमा समातिएका दुईजनालाई खाँण गृहमन्त्री हुँदा छुटाइयो- पूर्वएआईजी शर्मा

फाइल तस्बिर : बालकृष्ण खाँण


नेपालखबर
बैशाख २५, २०८० सोमबार ११:२२, काठमाडौँ

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई अभियुक्तलाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन्।

पूर्वएआइजी शर्माले टिकटकमा भिडिओ पोस्ट गर्दै उक्त प्रकरणबारे बोलेका हुन्। 

जसमा शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि प्रहरीमा उजुरी परेको दाबी गरेका छन्। त्यसपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुईजनालाई पक्राउ गरेको तर तत्कालीन गृहमन्त्री खाँणको दबाबमा छुटाइएको दाबी शर्माले गरेका छन्। 

शर्माले भनेका छन्, ‘त्यतिबेला राजनीतिक दबाबमा ती दुईजनालाई छोडिएको थियो।’

शर्मा २०७३ फागुनमा एआईजीबाट अवकाश भएका थिए।

भिडिओमा उनले यसो भनेका छन्– 

‘...अनि उसले त्याँ सकिएर आइसकेपछि अनि उल्ले आफ्नो साथी सानु भण्डारीलाई सेयर गर्‍यो। सानु भण्डारीले चिनेको सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो। उहाँसँग नजिक भयो। (टोपबहादुरले) सहज गरिदिएको भन्नुहुन्थ्यो। सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्यो? अगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो। उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अगाडि बढेको काम गर्न थाले।

काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले। पूर्वमा झापा मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, मोरङ, रुकुम, रोल्पा, गोरखामा मान्छे खोज्न थाले। योबीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए। इन्द्रजित राई सुरक्षा सल्लाहकार भए। राईसँगै रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। पीडितहरूलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो।

त्यतिखेर बादलको छोरा र तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ। इन्द्रजित राई आएपछि गृह प्रशासन थप मिल्न थाल्यो।

कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीनजना गएका हुन्। ४ सय २९ जना छुटेको नामावली उनीहरूले ल्याए। त्यसमै १ सय २५ जना बिचौलियाहरूले थपेको पाइएको थियो।

त्यसपछि एमालेको सरकार ढल्यो। शेरबहादुर देउवाको सरकार आएपछि हल्लीखल्ली भयो। पैसा पनि लिइसकेको थियो, केही पैसा पनि फिर्ता गरे। पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए। त्यतिखेर प्रहरीले दु जनालाई समातेको थियो। पछि  राजनीतिक दबाबमा छोडेको हो।’

हेर्नुहोस् शर्माको याे भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .