ad ad

समाज


एक लाख रुपैयाँ घुस लिने उपभोक्ता समितिका अध्यक्ष पक्राउ

एक लाख रुपैयाँ घुस लिने उपभोक्ता समितिका अध्यक्ष पक्राउ

नेपालखबर
बैशाख २०, २०८० बुधबार १७:३३, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ।

अध्यक्ष अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेलले गोकर्णेश्वर नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समिति मार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएको अख्तियारले जनाएको छ।

सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टंगालबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र ३० हजारको चेकसहित नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .