ad ad

कारोबार


जग्गा तथा आवास विकास संघमा धमला निर्वाचित, अरु को–को?

जग्गा तथा आवास विकास संघमा धमला निर्वाचित, अरु को–को?

नेपालखबर
बैशाख २०, २०८० बुधबार १७:३३, काठमाडौँ

नेपाल जग्गा तथा आवास विकास संघको १६औँ साधारणसभामा आगामी दुई वर्षका लागि विदुर धमला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। 

काठमाडौंमा सम्पन्न भएको १६औँ साधारणसभामा अध्यक्षसहित ७ जना पदाधिकारी र ७ जना सदस्य सबै निर्विरोध निर्वाचित भएका हुन्। 

नवनिर्वाचित अध्यक्ष धमलाको नेतृत्वको नयाँ कार्य समितिको अध्यक्षमा एस.बी. कम्पनी प्रा.लि.का बिदुर धमला, प्रथम उपाध्यक्षमा सी.डी. डेभलपर्स प्रा.लि. का दिपक कुवँर, द्वितीय उपाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रा.लि. का पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सनराईज डेभलपर्स प्रा.लि. का सुमितकुमार अग्रवाल, महासचिवमा सचिवमा इस्टेट गुरु प्रा.लि. का रोशन भोयद्यो, सचिवमा निलगिरी हाउजिङ्ग प्रा.लि. का गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्स प्रा.लि.का तुलसीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन्। 

कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध निर्वाचित भएका छन्। 

उद्घाटन सत्रमा संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले आफ्नो कार्यकालमा भएको कार्य विवरण प्रस्तुत गर्दै नीति निर्माण तहमा सच्चा व्यवसायिक ब्यक्तिहरुको उपस्थिति हुन आवश्यक भएको, उद्योग व्यवसायका सम्पूर्ण वस्तुगत क्षेत्रमा नै चर्को ब्याजको प्रभावले ८० प्रतिशत व्यवसायीहरु प्रभावित भएको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा संघको १६औं साधारण सभाको उद्घाटन गर्दै रियल इस्टेट व्यवसायीहरुको माग सम्बोधन गर्न प्रयासरत रहने र हालको बजार संकुचन हटाउन पहल गर्ने बताए। 

उनले नयाँ कानून तथा नीति जारी गर्नु भन्दा पहिले सोसँग सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर जारी गरे मात्र त्यस्ता कानुन तथा नीतिहरु कार्यान्वयन गर्न सहज हुने र सरकारले स–साना उपकरणहरुको प्रयोग गरेर पनि जन विश्वास आर्जन गर्न सक्ने विचार व्यक्त  गरे। 

त्यसैगरी विशिष्ठ अतिथिको रुपमा रहनु भएका सो महासंघका बरीष्ठ उपाध्यक्ष   अन्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र संकुचन नहुने नीति अवलम्वन गर्नुपर्ने, सरकारले नीति जारी गर्दा व्यवसायीहरुलाई हैरानी दिन नहुने, घरजग्गाको व्यवसाय अनुत्पादक क्षेत्र नभएकोले यसलाई चलायमान बनाउनु पर्ने धारण राख्दै एफएनसीसीआई संघसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .