ad ad

समाज


प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

नेपालखबर
बैशाख १७, २०८० आइतबार १९:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन्। अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो। लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान संगठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो।

आज बिहान संघर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका थिए। भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र संघर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउनेबारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको संघर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .