ad ad

समाज


४५ फिट गहिराइबाट निकाल्यो सशस्त्र प्रहरीको गोताखोरले बेपत्ता सुवेदीको शव

४५ फिट गहिराइबाट निकाल्यो सशस्त्र प्रहरीको गोताखोरले बेपत्ता सुवेदीको शव

नेपालखबर
चैत २२, २०७९ बुधबार १६:४२, काठमाडौँ

ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव गोताखोरले निकालेको छ। 

काठमाडौंको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराइबाट सशस्त्र प्रहरीको गोताखोरले निकालेको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो ।

मकवानपुर स्थित ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा चैत्र २१ गते सुवेदी बेपत्ता भएका थिए। 

तालमा हामफाली बेपत्ता भएका उनको खोजीका लागि गोताखोर झिकाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .