रुपन्देहीको सैनामैना नगरपालिका- १० बेमतेनीमा झारफुकको बहानामा झाँक्रीले कुटपिट गर्दा १४ वर्षीया किशोरीको मृत्यु भएको घटनामा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
कथित माता भनिने २२ वर्षीया सोनिया रेश्मीले झारफुकको बहानामा निर्घात कुटपिट गर्दा फागुन २१ गते स्थानीय १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको थियो।
घटनामा संलग्न झाँक्री सोनियासहित किशोरीको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म ढंगले अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए।
फागुन २० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी किशोरीलाई बोक्सी बकाउने भन्दै झाँक्री शोनियाले लछारपछार गर्दै अमानवीय ढंगले यातना दिएकी थिइन्।
यातनाकै क्रममा किशोरीको मृत्यु भएको थियो। किशोरीलाई लछारपछार गर्दै यातना दिएको भिडियो सामाजिक संजालमा पनि सार्वजनिक भएपछि प्रहरीले झाँक्री शोनियालाई तत्कालै पक्राउ गरेको थियो।
झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको मृत्यु, माता पक्राउ
Shares
प्रतिक्रिया