ad ad

समाज


स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपनको जोखिम कमः अध्ययन

स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपनको जोखिम कमः अध्ययन

नेपालखबर
पुस १७, २०७६ बिहिबार ७:३८,

हालै सार्वजनिक गरिएको एक अध्ययनमा “होल मिल्क” अर्थात् स्वस्थ दूध पिउने बच्चामा मोटोपनको संभावना कम भएको पाइएको हो।

सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ।

चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो ।

ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो। ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए।

अध्ययनको नेतृत्व गरेका डा जोनाथन मागुइरेले दुध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .