राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यको पहुँच सबै नेपालीसम्म पुग्न आवश्यक रहेको बताइन्।
आज (मंगलबार) हेटौंडा अस्पतालको उद्घाटनका क्रममा मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले संघीय अवधारण अनुरुप मुलुकका सबै प्रदेशहरूलाई सुविधा सम्पन्न गराउनुपर्ने आजको आवश्यकता रहेको बताएकी हुन्।
यसैअनुरुप बागमती प्रदेशका अस्पतालहरुलाई स्तोरउन्नोतीको साथ स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउनुपर्ने राष्ट्रपति भण्डारीले बताइन्।
‘बागमती प्रदेशमा रहेको यस मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहज स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउन अग्रसरता गराउँछ भन्ने अपेक्षा गरेको छु,’ उनले भनिन्, ‘आधुनिक समयमा विस्तार हुँदै गैरहेको उपभोक्तावाद र मानिसको बदलिँदो जीवनशैली तथा तीव्र वातावारण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलँदै गएको चिन्ताको बिषय हो। यस्ता रोगहरुलाई नियन्त्रण गर्न अस्पतालले मात्रै नभई तीनै तहका सरकारले ध्यान दिन जरुरी छ।’
नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उदेश्य सार्थक हुने उनले बताइन्।
बागमती सरकारबाट ऐन निर्माण भएर मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको प्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गरिन्।
४० करोड लगानीमा निर्माण भएको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।
Shares
प्रतिक्रिया