ad ad

समाज


निर्मला कुर्मीलाई न्याय दिने सहमतिपछि महिला अधिकारकर्मीको आन्दोलन स्थगित

निर्मला कुर्मीलाई न्याय दिने सहमतिपछि महिला अधिकारकर्मीको आन्दोलन स्थगित

फाइल फोटाे


नेपालखबर
फागुन ३, २०७९ बुधबार १६:२०, काठमाडौँ

४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरुलै तत्कालका लागि आज (बुधवार) बाट आदोलन स्थगित गरेका हुन्।

मंगलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरुले आजबाट आन्दोलन स्थगित गरेका हुन्। 

सरकारसँगको सहमितमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहीता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने सहमति भएको छ। 

त्यस्तै आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने सहमति भएको छ। 

निर्मला कुर्मीको न्यायका लागि यस पटक एसएसपीको नेतृत्वमा विशेष टोली बनाउने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .