सोसाइटी अफ एनेथेसियोलजिट्स अफ नेपाल (सान) को अध्यक्षमा प्रसुतिगृहका वरिष्ठ एनेस्थेटिस्ट प्रोफेसर डा. अमिर बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन।
अध्यक्ष, प्रेसिडेन्ट इलेक्ट, महासचिव, सहसचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष र ७ जना सदस्यमा एकल मनोनयन परेको हुँदा सबै जना निर्विरोध निर्वाचित भएका हुन्।
यसैगरी सानको प्रेसिडेन्ट इलेक्टमा डा. अनिल श्रेष्ठ, महासचिवमा डा. बासुदेव पराजुली, सहसचिवमा डा. संदिप भण्डारी, कोषाध्यक्षमा डा. पूजा थाप, सहकोषाध्यक्षमा डा. निनादिनी श्रेष्ठ र सदस्यमा डा. तारा गुरुङ, डा. अमित शर्मा भट्टराई, डा. सुरज लामिछाने, डा. रुपेश कुमार गामो, डा. प्रकृति पोख्रेल निर्विरोध निर्वाचित भएका हुन्।
24
Shares
प्रतिक्रिया