ad ad

समाज


‘विमानस्थलको घुस मन्त्रीसम्म पुग्दो रहेछ, अरु लेनदेन पनि सार्वजनिक हुन्छन्’

‘विमानस्थलको घुस मन्त्रीसम्म पुग्दो रहेछ, अरु लेनदेन पनि सार्वजनिक हुन्छन्’

पर्यटनमन्त्री सुदन किराती। तस्बिर : नेपालखबर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १८:५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन्। 

शुक्रवार काठमाडौंमा नेपाल पर्यटन बोर्डले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन्। 

उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए।

मन्त्री किरातीले महाप्रवन्धक थाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस लिने गरेकाले निलम्बन गरेको बताए।

उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए। उनले आफूले कसैको पनि एक पैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए। 

किरातीले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताए। 

उनले कोही घुस खान मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए। आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए।

‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन। यो मन्त्रीले पैसा खाँदैन। मन्त्रीलाई पैसा मन पर्दैन। ढुक्कसँग काम गनुस्। सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनु पर्‍यो', उनले भने, 'विमानस्थलको निर्देशकलाई भर्खरै निलम्बन गरेर आए। मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ। त्यही पनि थाइल एयरलाइन्सलाई करोडौँ रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ। मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो। को–को लाई बुझाइयो। त्यो स्पष्ट हुनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .