हाल (शुक्रबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना देखिएको छैन।
आइतबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
मौसम महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन छ।
तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको मौसम महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ।
हिजो बिहीबारको मापनअनुसार भने देशका विभिन्न स्थानको तापक्रम विवरण यस्तो छ :
प्रतिक्रिया