समाज


राष्ट्रिय नवप्रवर्तन सम्मेलन माघ १० मा हुने

राष्ट्रिय नवप्रवर्तन सम्मेलन माघ १० मा हुने

नेपालखबर
माघ ६, २०७९ शुक्रबार २३:२, काठमाडौँ

नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा आगामी माघ १० गते मङ्गलबार सम्मेलन आयोजना हुन लागेको हो।

प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र यससम्बन्धी नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा ईश्वर बज्राचार्यले देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, यससम्बन्धी प्रतिभालाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।

कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास लिएको उनको भनाई छ।

डा बज्राचार्यले सम्मेलनमा यस क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताए।

प्रतिष्ठानका विषय प्राविधिक डा रवीन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवर्तकहरुलाई आफ्नो काममा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सम्मेलनले अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हाँसिल गर्न, नवप्रवर्तनका प्रतिभालाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्न सहयोग गर्ने बताए।

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई एक ठाउँमा ल्याउने उदेश्य राखेको आयोजकले बताएको छ। देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उदेश्यले सुरु गर्ने सम्मेलनमा सातै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .