ad ad

समाज


उच्च पहाडी-हिमाली क्षेत्रमा हिउँ, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना

मौसम ​महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी
उच्च पहाडी-हिमाली क्षेत्रमा हिउँ, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना

फाइल तस्बिर : मनाङ


नेपालखबर
माघ ६, २०७९ शुक्रबार ६:४६, काठमाडौँ

आज (शुक्रबार) पनि नेपालको पश्चिमी क्षेत्रमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे  जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको हो। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै राति (साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पनि उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा तराईका भूभागमा  बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

हाल (शुक्रबार बिहान) मौसमको अवस्था 
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली (आकाशमा बादल), लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। मध्य तथा पूर्वी तराईका एक दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ।

तापक्रम 
आज बिहान ५:४५ बजेकोमा मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .