ad ad

समाज


मौसम : सावधानी अपनाउन सुझाव

मौसम : सावधानी अपनाउन सुझाव

फाइल तस्बिर : सर्लाहीकाे हरिवनस्थित पूर्वपश्चिम राजमार्ग


नेपालखबर
पुस २७, २०७९ बुधबार ७:२२, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ भने यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा छ। तराईमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिम तराईका हुस्सु/कुहिरो मध्याह्नपछि हट्ने सम्भावना देखिए पनि तराईका अन्य स्थानका हुस्सु/कुहिरो भने दिनभर रहने सम्भवना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भूभागमा बाक्लो  हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम
आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ९:४५ बजे अपडेट हुनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .