काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका छन्।
मेयर साहले मंगलबार आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
गत वैसाख ३० गतेको निर्वाचनबाट मेयर निर्वाचित उनीसहितले खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना तिराएको थियो।
आयोगको उक्त निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेपनि जरिवाना तिराएको उनको तर्क छ। उनले निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका छन्।
87
Shares
प्रतिक्रिया