ad ad

समाज


काभ्रे बस दुर्घटनाका घाइतेको उपचार सुविधा सम्पन्न अस्पतालमा गराउन प्रधानमन्त्रीको निर्देशन

काभ्रे बस दुर्घटनाका घाइतेको उपचार सुविधा सम्पन्न अस्पतालमा गराउन प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १०:५३, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।

उनले बुधबार बिहान ट्विट गर्दै आफूले दुर्घटनाका घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएको जानकारी दिएका हुन्।

‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दु:खी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु।’

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 

घाइतेहरूको उपचार धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, काठमाडौँस्थित वीर अस्पताल, न्युरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .