समाज


मुटुरोग विशेषज्ञ डा. भट्ट विज्ञान पुरस्कारबाट सम्मानित

मुटुरोग विशेषज्ञ डा. भट्ट विज्ञान पुरस्कारबाट सम्मानित

नेपालखबर
पुस ३, २०७६ बिहिबार ९:९,

नर्भिक इन्टरनेशनल हस्पिटलका मुुटुरोग विभागीय प्रमुख तथा निर्देशक, बरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कार २०७६’ वाट सम्मानित भएका छन्। मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विना चिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात विकास र प्रवद्र्धन मार्फत् नेपालीहरुको मुटुरोग उपचारमा उल्लेख्य योगदान पु-याएवापत प्रा. डा भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको ब्यहोरा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ।

प्रा. डा. भट्ट नेपालकैं बरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। उनले चिकित्सा शास्त्रमा स्नातोकोत्तर गरे लगत्तै भारतको चण्डीगडस्थित ख्यातिप्राप्त ‘पोष्ट ग्राजुयट इन्स्टिच्युट उफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एम.डी. हासिल गरे। सन् २००० मा सोही इन्स्टिच्यटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डि.एम. हासिल गरे। लगत्तै भारतको प्रसिद्ध– एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा २ वर्षे गहन तालिम पश्चात् उनले सन २००३ मा भारतकै नेशनल बोर्ड अफ एक्जामिनेशन्, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डि.एन.वी (डिप्लोम्याट अफ नेशनल वोर्ड)को उपाधि हात पारेका थिए।

सन् २००३ मा नेपाल फर्किएर शहिद गङ्गालाल नेशनल हार्ट सेन्टरमा आवद्ध हुँदै त्यस संस्थामार्फत् नेपालमा मुटुरोगको उपचारमा सरकारी/सार्वजनिक क्षेत्रमार्फत् मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको सुरुवात गरेका थिए। हाल नेपालमा विद्यमान इन्टरभेन्सनल प्रविधिहरु मध्ये सबैजसोमा अग्रणी रहेका प्रा.डा. भट्टले हालसम्म ५,००० भन्दा बढी कोरोनरी एन्जियाग्राफिहरु, ३००० भन्दा बढी कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण, १००० भन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमीहरु, पेसमेकर जडान, ए.एस.डी., पि.डी.ए. डिभाइस क्लोजर लगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रियाहरु अत्यन्तै सफलताका साथ सम्पन्न गरिसकेको छन्।

 हृदयरोग उपचारमा उनको शैक्षिक पृष्ठभूमि, कार्य र प्राविधिक दक्षताकै कारण उनलाई चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर हस्पिटलका प्राध्यापक, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका भिजिटिङ्ग प्राध्यापक आदिको जिम्मेवारी प्राप्त छ। सन् २००९ यता उनी राष्ट्रपतिका चिकित्सक समेत रहेका छन्। राष्ट्रले उनको योगदानको कदर गर्दै सन् २०१६ मा उनलाई सुप्रवल जनसेवा श्रीद्वारा विभूषित गरिएको थियो भने हालै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा उनलाई विज्ञान पुरस्कारबाट सम्मानित गरिएको थियो।

शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १२ वर्षको अनवरत सेवा पश्चात् उनले त्यहाँको हृदयरोग विभागको प्रमुख पदबाट राजिनामा दिए। विगत ४ वर्षदेखि उनी नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागका पूर्णकालीन निर्देशकका रुपमा कार्यरत रहँदै नियमितरुपमा बहिरङ्ग/अन्तरङ्ग सेवाका साथ मुटुरोग उपचारका सबै खाले इन्टरभेन्सनल प्रविधिहरुको उच्चतम् प्रयोग गरिरहेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .