हाल (मंगलबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पनि पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस रहेको मौसमविद्ले जानकारी दिएका छन्। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ पुनः मापन गरी लिइनेछ। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक हुनेछ।
हिजो सोमबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यसप्रकार छ :

Shares

प्रतिक्रिया