अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई नियन्त्रणमा लिएको छ।
अधिकृतद्वयले काठमाडौं महानगरपालिका वडा नं. १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको र फिर्ता गरेको अख्तियारले जनाएको छ।
सो सम्बन्धमा अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारको भनाई छ।
प्रतिक्रिया