ad ad

समाज


बढी भाडा लिने १६ जना पक्राउ

बढी भाडा लिने १६ जना पक्राउ

फाइल फोटाे


नेपालखबर
असोज १३, २०७९ बिहिबार १५:५०, काठमाडौँ

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने  १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

आवश्यक कारबाहीको लागि पक्राउ परेका ८ जनालाई  प्रहरी प्रभाग कोटेश्वर र ८ जनालाई प्रहरी प्रभाग गंगबुमा राखिएको छ। 

आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो।

चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .