ad ad

समाज


डेङ्गुबाट चितवनमा थप एक जनाको मृत्यु

डेङ्गुबाट चितवनमा थप एक जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १३, २०७९ बिहिबार १०:४७, काठमाडौँ

डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। डेङ्गुका कारण राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।

यसअघि यही असोज २ गते डेङ्गुका कारण रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको मृत्यु भएको थियो।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भएको छ। उनीहरुमध्ये चार सय ५९ चितवनका छन्।

बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना छन्। चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .