NepalKhabar NepalKhabar

समाज


सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

फाइल फाेटाे


नेपालखबर
असोज ७ , काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन्। 

आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारका तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए। 

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकन गरे। परिषद्को भवनमा जोशीले सङ्कलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ। साथै उनले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्रसमेत अवलोकन गरी सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। 

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीनपटक पुरस्कृत भएका थिए। १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशीको उमेर १ सय ३ वर्ष पुगिसकेको छ। रासस

असोज ७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.