समाज


पल शाहविरुद्ध बलात्कार मुद्दा : आज सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालत

पल शाहविरुद्ध बलात्कार मुद्दा : आज सुनुवाइ गर्दै तनहुँ जिल्ला अदालत

नेपालखबर
असोज २, २०७९ आइतबार ८:९, काठमाडौँ

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको आज सुनुवाइ हुने भएको छ। 

यसअघि भदौ २१ गते नवलपुर जिल्ला अदालतले भने नाबालिग बलात्कार अभियोगमा शाहलाई सफाइ दिँदै यौन दुरुपयोग कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला गरिसकेको छ।

अब आज तनहुँ जिल्ला अदालतलमा उनीविरुद्ध लागेको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो। 

अदालतबाट अभिनेता शाहलाई बिनाधरौटी छाड्ने, धरौटीमा छाड्ने वा थुनामै राख्ने भन्नेबारे आज फैसला आउन सक्नेछ। 

नवलपुर जिल्ला अदालतले यौन दुरुपयोगमा अभिनेता शाहलाई पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार जरिवाना तिर्नुपर्ने पनि फैसला सुनाएको छ। 

गत फागुन ११ गते पीडित बालिकाका बुबाले छोरीलाई अभिनेता शाहले पटकपटक जबर्जजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। त्यसपछि शाह फागुन १५ गतेका दिन आफैं प्रहरी कार्यालयमा हाजिर भएका थिए। 

फेरि शाहविरुद्ध उनै पीडित पक्षले नवलपुर प्रहरीमा पनि बलात्कार गरेको भन्दै जाहेरी दिएको थियो। उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी तनहुँ जिल्ला कारागारमा थुनामा छन्। 

याे पनि‘होस्टाइल’ले पनि रोकेन पल शाहको जेल यात्रा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .