ad ad

समाज


नेपाली सेनाको उपरथीमा थापा र पौडेलको बढुवा

नेपाली सेनाको उपरथीमा थापा र पौडेलको बढुवा

नेपालखबर
साउन २३, २०७९ सोमबार १९:६, काठमाडौँ

नेपाली सेनाको उपरथीमा सागर बहादुर थापा र मानार्थ उपरथीमा निरज पौडेल बढुवा भएका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णय अनुसार बढुवा भएका अधिकारीहरुलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

जंगी अड्डामा आयोजित कार्यक्रममा थापा र पौडेललाई उपरथीको दर्ज्यानी प्रदान गरिएको हो। पदोन्नति भएका उपरथी थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्। 

यस्तै, तीन जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। द्रव्यराम भण्डारी, शक्तिजंग बस्नेत र सुन्दरकुमार पाण्डे बढुवा भएका छन्। 

५ जना प्रमुख सेनानीहरूलाई महासेनानीमा बढुवा गरिएको छ। प्रमुख सेनानी जितबहादुर लामा, उमेश कार्की, जीवन कार्की, सुरेश आचार्य र सुरज लामिछाने महासेनानीमा बढुवा भएका हुन्।

सहायक रथी र महासेनानीलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .