समाज


फोहोरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

फोहोरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ८:२९,

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताएका छन्।

फोहोरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै राज्यमन्त्री मानन्धरले यस्तो प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको बताए। उनले प्रविधि किन नल्याउने भन्दै प्रश्न समेत गरे। प्रविधि भित्र्याउँदा कसैलाई घाटा नहुने उनले बताए।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पु¥याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए। देशमा हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने बताए।

फोहोरमैला व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलनका संयोजक गणेश शाहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए। देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad