ad ad

समाज


कुवेतबाट आएका तीन जना २६० ग्राम सुनसहित पक्राउ

कुवेतबाट आएका तीन जना २६० ग्राम सुनसहित पक्राउ

नेपालखबर
जेठ २८, २०७९ शनिबार २०:१०, काठमाडौँ

अवैध तरिकाले सुन लिएर आएका तीन जना व्यक्तिलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। उनीहरु कुवेतबाट जजिरा एअरलाइन्सको उडानबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

उनीहरुको साथबाट २६० ग्राम सुन बरामद भएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोची छन्।

प्यान्टको भित्री भागमा सुन लुकाएर सिलाइ गरेको अवस्थामा सुन समातिएको थियो।

पक्राउ परेकाहरुले आफूहरुलाई केही रकम दिने लोभ देखाएर अरुले नै ती प्यान्ट लगाउन दिएको बयान दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .