समाज


काठमाडौंको फोहोर उठाउन दिन बञ्चरेडाँडाबासी सहमत (सहमति पत्रसहित)

काठमाडौंको फोहोर उठाउन दिन बञ्चरेडाँडाबासी सहमत (सहमति पत्रसहित)

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार ६:११, काठमाडौँ

काठमाडौं महानगरपालिका र सिस्डोल–बन्चरे डाँडाबासीबीच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। 

गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयबासी काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सहमत भएका हुन्। 

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल–बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरुको उपस्थित थियो।

बिगत केही दिनदेखि स्थानीयबासीले काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याडफिल साइडमा लैजान रोक्दै आएका थिए। फोहोर व्यवस्थापन सम्बन्धी केही दिन अघि भएको सम्झौता पनि स्थानीयले मानेका थिएनन्।

हेर्नुस् सहमति पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad