समाज


जनप्रतिनिधि नभेटिएपछि तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले लगाए ताला

जनप्रतिनिधि नभेटिएपछि तिलोत्तमा १ को वडा कार्यालयमा सेवाग्राहीले लगाए ताला

सुदीप भण्डारी
जेठ १७, २०७९ मंगलबार १७:२३, बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन्। 

जनप्रतिनिधिबाट हुनुपर्ने अत्यावश्यक कामसमेत नभएको भन्दै मंगलबार उनीहरुले तालाबन्दी गरेका हुन्। चौकिल्ला बनाउन तीन चार दिनसम्म वडा कार्यालय धाउँदा पनि जनप्रतिनिधि नभेटिएको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताए। 

‘न वडाध्यक्ष भेटिनुभयो। न उहाँले कसैलाई कावा दिनुभएको रहेछ। जनप्रतिनिधि नहुँदा हाम्रो काम केही पनि भएन’ उनले भने ‘शुक्रबार जाँदा कर्मचारीले सोमबारबाट काम हुन्छ भनेका थिए। सोमबार वडाध्यक्षको फोन मागेर सम्पर्क गर्न खोजेँ फोन काट्नुभयो। आज कार्यालय समयमा गर्दा स्विच अफ थियो।’ 

आफूसँगै अरु धेरैको काम रोकिएको र सेवाग्राही जम्मा भएर ताला लगाएको देवकोटाले बताए।

सेवाग्राहीले कर्मचारीलाई बाहिर निस्कन लगाएर वडा कार्यालयमा ताला लगाएका थिए। जनप्रतिनिधिबाट आफूहरुको काम भएमा मात्र ताला खोल्ने देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .