समाज


बेपत्ता जहाज खोज्न सेनाको हेलिकप्टर जाँदै, मुस्ताङबाट फिस्टेल

बेपत्ता जहाज खोज्न सेनाको हेलिकप्टर जाँदै, मुस्ताङबाट फिस्टेल

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०७९ आइतबार १२:४, काठमाडौँ

पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी गर्न दुईवटा हेलिकप्टर परिचालन गरिएको छ। 

गृह मन्त्रालयका अनुसार मुस्ताङबाट फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको छ। यस्तै काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

यस्तै गृह मन्त्री बालकृष्ण खाँणले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई फोन गरी यथाशक्य खोजी तीव्र पार्न निर्देशन दिएका छन्। 

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क विहिन बनेको थियो। 

लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको उनले जानकारी दिए। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको छ। 

जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको छ। काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए। 

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक गरी १९ जना सवार छन्। जहाजमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित तीनजना चालक दलका सदस्य थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .