समाज


अपडेटः अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

 अपडेटः अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२  पुग्यो

नेपालखबर
मंसिर ११, २०७६ बुधबार १२:१६,

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा भएको बस दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस बुधबार साँझ नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म १२ जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए।

घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .