१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक युवालाई पक्राउ गरेको छ।
प्रहरीले ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो।
तामाङले ती बालिकालाई जबर्जस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
3
Shares
प्रतिक्रिया