ad ad

समाज


लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

कृष्ण बहाब
चैत ७, २०७८ सोमबार १०:२६, विराटनगर

मोरङको लेटाङमा एक प्रहीकाे मृत्यु हुनेगरी भएकाे झडपमा संलग्न आरोपमा प्रहरीले  ६ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। 

याे पनिलेटाङ घटना : बलात्कार आरोपित शिक्षक बचाउन खोज्दा यसरी मारिइन् प्रहरी

घटना अनुसन्धानका लागि प्रहरीले ​६ जनालाई पक्राउ गरेकाे मोरङ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी महेशराज तिम्सिनाले नेपालखबरलाई जानकारी दिए। 

तर उनीहरुकाे परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

सूचना अधिकारी तिम्सिनाले भने, ‘भर्खरै हो, ६ जना पक्राउ गरेको जानकारी मलाई आएको छ, सरकारी वकिल कार्यालयको समन्वयमा अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .