समाज


कपिलवस्तुमा गोठसँगै भैंसी जल्यो

कपिलवस्तुमा गोठसँगै भैंसी जल्यो

प्रतिकात्मक तस्बिर


सुदीप भण्डारी
चैत ५, २०७८ शनिबार १७:५०, बुटवल

कपिलवस्तुमा गोठमा आगलागी हुँदा भैंसी मरेको छ। जिल्लाको विजयनगर ४ डगडौवाका भरत किशोर यादवको गोठमा आगलागी भएको हो। 

आगलागीमा परी एउटा भैसीं मरेको छ भने पाडा घाइते भएको छ। गोठमा पछाडि फालेको खरानीभित्र रहेको आगो सल्केको हो।

आगलागीबाट गोठसहित सँगै टाँसिएको भान्साघर र भुजा भुट्ने टहरोमा पनि क्षति पुगेको विजयनगर ४ का वडाध्यक्ष तिलकराम कँडेलले जानकारी दिए। 

शनिबार दिउँसो साढे १२ बजेदेखि लागेको आगो आधा घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालय (कपिलवस्तु) ले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .