समाज


रुपन्देही र पाल्पाको सिद्धबाबामा विहानैदेखि भक्तजनको चहलपहल

रुपन्देही र पाल्पाको सिद्धबाबामा विहानैदेखि भक्तजनको चहलपहल

सुदीप भण्डारी
फागुन १७, २०७८ मंगलबार १४:३३, काठमाडौँ

महाशिवरात्रीको दिन मंगलबार रुपन्देहीका शिवालयहरुमा पनि भक्तजनको चहलपहल छ।

विहानैदेखी भक्तजनहरु शिवालय मन्दिरमा पुगी पूजा आरधना गरिरहेका छन्। सिद्धार्थ राजमार्गमा पर्ने तल्लो र माथिल्लो सिद्धबाबामा उज्यालो नहुँदैदेखि भक्तजनहरु जम्मा भएका थिए।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने तल्लो सिद्धबाबामा मन्दिर दर्शन गर्न पुजाका सामग्री लिएर लामबद्ध थिए। 

तल्लो सिद्धबाबाबाट करिब एक किलोमिटरको दूरीमा रहेको माथिल्लो सिद्धबाबामा भक्तजनहरुको अझ बढी घुइँचो थियो। पाल्पाको तिनाउ गाउँपालिकामा रहेको माथिल्लो सिद्धबाबामा राती २ बजेदेखि नै दर्शनार्थीहरुको चहल पहल भएको सिद्धबाबा धाम विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए।

‘मध्यान्हसम्म १५ देखि २० हजारले दर्शन गरिसकेका छन्। दिनभरमा ३० हजारले दर्शन गर्छन् होला’ उनले भने,  ‘रुपन्देही र पाल्पा मात्र होइन भारतका विभिन्न ठाउँबाट समेत दर्शनको लागि आउँछन्।’

 

बेला बेलामा पहिरोले दुःख दिइरहने यो क्षेत्रमा अहिले पनि राजमार्गको सडक अस्तव्यस्त र खाल्टा खुल्टी छ। त्यसमाथि भक्तजनको भिडले गर्दा सवारी ओहोर दोहोरमा समस्या भएको छ।

खटिएका ट्राफिक प्रहरी र मन्दिर व्यवस्थापन समितिका स्वयंसेवकहरुले सवारी साधन ओहोर दोहोरमा सहजीकरण गरेका थिए। रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबमधाम, बुटवलको मुक्तिनाथ धाम लगायतका शिवालयमा पनि भक्तजनहरुको चहलपहल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .