ad ad

समाज


पाँच लाख घुससहित मेयर पक्राउ

पाँच लाख घुससहित मेयर पक्राउ

शैलेन्द्र महतो
फागुन १६, २०७८ सोमबार ११:३३, जनकपुर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले ५ लाख घुससहित रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेललाई पक्राउ गरेकाे छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टंगाल) बाट खटेको टोलीले आइतबार साँझ ५ लाख रुपैयाँ घुससहित नगरपालिका कार्यालयबाट मेयर पटेलसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागिरहेको गोप्य उजुरीका आधारमा अख्तियारले पछ्याएको थियो। 

सोही क्रममा आइतबार साँझ मेयर पटेल, उनका सहयोगी अशोकप्रसाद पटेल,  योजना शाखाका प्रमुख (खरिदार)  मुकेश पटेल  र सहलेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत लिएको २ लाख ५० हजार रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए। 

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .