ad ad

समाज


जब आफ्नी बेहुलीसँग काकाका छोरा नाच्न थाले...

जब आफ्नी बेहुलीसँग काकाका छोरा नाच्न थाले...

बेहुला र बेहुलीको काँधमा हात राख्दै ती तेस्रा पात्र (बेहुलाका काकाका छोरा)। तस्बिर : द टाइम्स अफ इन्डिया।


नेपालखबर
माघ १३, २०७८ बिहिबार ६:५१, काठमाडौँ

भारतको तमिलनाडुमा विवाह गरिरहेका बेला एउटा अनौठो घटना भएको छ। 

द टाइम्स अफ इन्डियाका अनुसार दुलाहाले विवाहकै क्रममा थप्पड लगाएपछि दुलहीले अर्कैसँग विवाह गरेकी हुन्। अर्कैसँग भन्नाले दुलाहाकै काकाको छोरासँग दुलहीले बिहे गरेकी हुन्। 

न्युज १८ का अनुसार विवाह समारोहमा डिजे र ड्यान्स फ्लोरको पनि व्यवस्था थियो। जसमा हुनेवाला दुलाहा र दुलही आपसमा नाचिरहेका थिए। तर त्यो नाचमा अचानक दुलाहाका काकाका छोरा भाइ  प्रवेश गरे। उनले दुलाहा र दुलहीको काँधमा हात राख्दासम्म त खासै फरक परेन। तर जब उनी दुलहीसँग नाच्न थाले, तब दुलाहालाई खपिनसक्नुभयाे र उनले दुलही र आफ्ना ती भाइलाई घचेटिदिए। 

त्यसपछि के भयो, स्पष्ट हुन सकेको छैन। तर दुलही पक्षले दुलाहाले आफ्नी चेलीको गालामा थप्पड हानेको आरोप लगाएको थियो।

त्यसपछि  दुलहीका पिताले दुलाहा पक्षलाई तत्काल त्यहाँबाट जान भन्दै छोरीको विवाह नै रद्द गरे। अनि त्यही दिन ती केटीको विवाह भिल्लुपुरम जिल्ला गिन्गी निवासी ती दुलाहाका भाइसँग गराइयो। 

हिस्स परेका दुलाहाले भने विवाह तयारीका लागि आफ्नो ७ लाख रुपैयाँ (भारतीय) खर्च भएको भन्दै क्षतिपूर्ति माग गरेर पान्रुटीकै प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन्।

यो अनौठो घटना यही जनवरी २० का दिन भएको बताइएको छ।

ती युवक र युवतीको परिचय भने गोप्य नै राखिएको छ। सुरुका दुलाहासँग विवाह रद्द गर्ने ती दुलहीले पान्रुटीबाट पोस्टग्रयाज्युयट गरेकी छन् भने दुलहीले त्यागेका दुलाहा चेन्नाइको एक कम्पनीमा वरिष्ठ इन्जिनियर पदमा कार्यरत हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .