समाज


यातायात कार्यालयमा प्रदेश मन्त्री, भन्छन् : घुस खाने कर्मचारीलाई छाड्दैनौँ

यातायात कार्यालयमा प्रदेश मन्त्री, भन्छन् : घुस खाने कर्मचारीलाई छाड्दैनौँ

यातायात कार्यालय अनुगमनका क्रममा प्रदेश मन्त्री घनश्याम दाहाल


नेपालखबर
माघ १०, २०७८ सोमबार १२:३, काठमाडौँ

बागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातयात कार्यालयमा घुस खाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

भरतपुरस्थित यातयात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिँदै मन्त्री दाहालले कुनै बहानामा जनताबाट घुस लिएको थाहा पाए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताए। 

'चितवनमा केही दिनअगाडि एउटै यस्तै घटना बाहिरा आएको छ', उनले भने, 'समस्या देखाएर सेवाग्राहीबाट घुस खाने काम बन्द गर्नु।'

मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै कर्मचारीहरुले बढी पैसा मागे अखतियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न आग्रह गरे। 

मन्त्री दाहालले बागमती प्रदेशमा यातायात सेवालाई नमुना बनाउने अभियानमा गृहजिल्ला चितवनबाट सुरु गरेको उल्लेख गरेका छन्। 

यातायात मन्त्रीको कार्यभार सम्मालेसँगै यातायातको क्षेत्रमा प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गरेका थिए। 

यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सेवाप्रति जनगुनासो बढेपछि उनी चितवनमा पुगेका थिए।

'अहिले नवीकरणको काम गर्दा त गुनासो आउँछ भने भोलि चितवनमै लाइसेन्स बनाउँदा के हुन्छ?', उनले प्रश्न गरे, 'सबैभन्दा धेरै बदनाम कार्यालय पनि यातायात नै हुनु परेको छ।' 

यसले सिंगो यातयात मन्त्रालयकै बदनाम भएको पनि उनले बताए। चितवनको यातयात कार्यालयलाई देशकै नमुना बनाउन बागमती प्रदेश सरकार तत्पर रहेको उनले बताए।

मन्त्री दाहालले लाइनमा बसेका सेवाग्राहीसँग कार्यालयकार्ने सेवाबारे जानकारी लिए। सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिए।

'जनताले पाउनुपर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको जानकारी आए कारबाही गर्न पछि पर्दिनँ', उनले भने। 

यातायात कार्यालयका कर्मचारीले लाइसेन्स नवीकरण, बाटो इजाजत र जाँचपासमा घुस खाने गरेको र घुस नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मन्त्री दाहाल छड्केमा पुगेका हुन्। 

यातायात सेवा कार्यालय कार्यालय प्रमुख विनोद पौडेलले आफूहरुले रातदिन नभनेर काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad