ad ad

समाज


२० वर्ष कैद तोकिएका हत्याका अभियुक्त ९ वर्षपछि पक्राउ

२० वर्ष कैद तोकिएका हत्याका अभियुक्त ९ वर्षपछि पक्राउ

नेपालखबर
माघ ८, २०७८ शनिबार ८:२२, काठमाडौँ

हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका काभ्रेको बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई फरार रहेका निलबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

२०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई समूहबीच झडप हुँदा निलबहादुरले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका प्रहरीको भनाई छ। 

हत्या अभियोगमा काभ्रे जिल्ला अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो। 

प्रहरीले यसअघि गत मङ्गलबार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका–४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पनि पक्राउ गरेको थियो। 

उनलाई पनि जिल्ला अदालतले २० वर्ष कैद फैसला सुनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .