सीमा अतिक्रमण विरुद्ध नागरिकस्तरबाट दबाब दिन नागरिक अगुवाहरुले ‘सीमा बचाऔं राष्ट्रिय परिषद’ गठन गरेका छन्।
मंगलबार काठमाडौंमा सम्पन्न एक भेलाले स्वनाम साथीको अध्यक्षतामा एक सय २५ सदस्यीय परिषद गठन गरेको हो। समितिमा भैरव रिसाल, हिरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुङ्गेल, बुद्धिनारायण श्रेष्ठ, चैतन्य मिश्र, हरि रोका, डा. सरोज धिताल, प्राडा जीवेन्द्र देव गिरी, कमानसिंह लामा, एकराज भण्डारी, समीर सिंहलगायत छन्।
भारतले नेपाली भूमिभित्रका लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्मको भूभागलाई आफ्नो नक्सामा सामेल गरेपछि विभिन्न बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार र पत्रकारसहितको सीमा बचाऔँ राष्ट्रिय परिषद् गठन गरेको जनाइएको छ।
नागरिक भेलाले भारतले अतिक्रमणलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने लगायत ६ बुँदे प्रस्ताव पनि पारित गरेको छ।

प्रतिक्रिया