प्रहरी सेवामा अब ८ वर्षमै बढुवा हुने भएको छ। सेवा प्रवेश गरेको १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटाउँदै सरकारले ८ वर्षमै बढुवा हुनेगरी प्रहरी नियमावली संशोधन गरेको हो।
मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर बढुवाको लागि बाह्र बर्ष भन्ने शब्दको सट्टा ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ । यो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ।
यो निर्णयसँगै प्रहरीमा थप गरिएका ९ पदमा बढुवा गर्ने बाटो पनि खुलेको छ। नियमावली संशोधन गर्दै नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पद थप गरिएको छ।
यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो। संशोधिन नियमावली अनुसार अब ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति हुनेछ।
यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र इन्स्पेक्टर र इन्सपेक्टरमा पनि १२ वर्ष काम गरेपछि मात्रै डिएसपीमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो। अब इन्स्पेक्टरमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु स्वतः बढुवा भएर डिएसपी हुनेछन्।
यो पनि
नेपाल प्रहरीमा थपिए तीन पद, यस्तो छ राजपत्रमा प्रकाशित नियमावली
Shares
प्रतिक्रिया