ad ad

समाज


नेपाल प्रहरीमा थपिए तीन पद, यस्तो छ राजपत्रमा प्रकाशित नियमावली

नेपाल प्रहरीमा थपिए तीन पद, यस्तो छ राजपत्रमा प्रकाशित नियमावली

नेपालखबर
माघ ३, २०७८ सोमबार १९:१२, काठमाडौँ

प्रहरी नियमावली नवौं संशोधन राजपत्रमा प्रकाशित भएको छ।

यससँगै प्रहरीमा थप गरिएका ९ पदमा बढुवा गर्ने बाटो खुलेको छ। नियमावली संशोधन गर्दै नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पद थप गरिएको छ। 

सोमबार राजपत्रमा प्रकाशित नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ। कार्यालय सहयोगी पनि पाँच श्रेणीका हुनेछन्। यसअघि सबै एउटै तहका हुन्थे। 

यस्तै विभूषण बापतको नम्बर भने कटौती गरिएको छ। विभूषणको नम्बर बढुवामा जोडिँदा विकृति बढेको भन्दै त्यस बापतको नम्बर बढुवामा नजोडिने भएको हो। 

नियमावली अनुसार अब जवानबाट सहायक हवल्दार, हवल्दारबाट वरिष्ठ हवल्दार र सईबाट वरिष्ठ सईमा बढुवाको प्रक्रिया सुरु हुनेछ। 

यस्तो छ नियमावली 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .