समाज


इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ८:२५,

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “इजरायली सेना र इजरायलको शिन बेट आन्तरिक सुरक्षा बलले चलाएको संयुक्त कारबाही अन्तर्गत प्यालेष्टिनी कमाण्डर अल–अता बस्दै आएको भवनमा आक्रमण गरिएको र उनीसहित उनकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको छ।”

Related image

स्थानीयबासीले अताको घरमा ठूलो आवाजसहित बिस्फोट भएको बताएका छन्।

यसैबीच अताले नेतृत्व गरेको इस्लामिक समूहले पनि घटनामा आफ्ना कमाण्डरको मृत्यु भएको पुष्टि गरेको छ। सो समूहले कमाण्डर अताको घरलाई उच्च सुरक्षा घेरामा राखिएको जनाएको छ।

इजरायलले हालै आफ्नो भूमिमा भएका रकेट आक्रमणमा अताको सम्लग्नता रहेको र आगामी दिनमा पनि आक्रमणको तयारी गरिरहेको बताएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .