गएको २४ घण्टामा नेपालमा ५ हजार ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ५६० नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
आज तीन जनाको ज्यान गएको छ भने ३०६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
आज देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन्।
यो अवधिमा काठमाडौंमा १ हजार ९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जना गरी २ हजार ६२७ जना संक्रमित थपिएका छन्।
42
Shares
प्रतिक्रिया