ad ad

समाज


इँटाले च्यापिएर महिलाको मृत्यु, २ घाइते

इँटाले च्यापिएर महिलाको मृत्यु, २ घाइते

शैलेन्द्र महतो
पुस २६, २०७८ सोमबार २०:१२, काठमाडौँ

सप्तरीको एक इँटा भट्टामा इँटाले च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

रुपनी गाउँपालिका ६ तेरहोता स्थित विशाल इँट्टा भट्टामा काँचो इँटा खस्दा स्थानीय ५० वर्षीया मजदुर जतरी देवी सरदारको मृत्यु भएको हो।
 
सोही भट्टामा काम गर्ने अग्निसाइर कृष्णाशवरण गाउँपालिका ४ का ५० वर्षीय मंगल सदा र भारत विहार राज्यको मधुवनी निवासी ४० वर्षीय रमेश कुमार लोउदी गम्भीर घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार भट्टामा इँटा राख्ने क्रममा काँचो इँटाको थुप्रो उनीहरूको जिउमा खस्दा च्यापिएका थिए। घाइते तीनैजना मध्ये सरदारको उपचारको क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते दुवै जनाको हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना विषयमा थप अनुसन्धान कार्य भइरहेको डीएसपी काफ्लेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .