समाज


वैज्ञानिक भन्छन्– ओमिक्रोनले कोरोना महामारी नै अन्त्य हुनसक्छ

वैज्ञानिक भन्छन्– ओमिक्रोनले कोरोना महामारी नै अन्त्य हुनसक्छ

नेपालखबर
पुस २६, २०७८ सोमबार १३:५०, काठमाडौँ

केही नयाँ अध्ययनहरुले विश्वभर कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट तीव्र दरमा फैलिए पनि तिनले मानिसको स्वास्थ्यमा कम जटिलता सिर्जना गरेको र उपचारका लागि अस्पताल नै पुग्ने संख्या पनि कम रहेको देखाएका छन्। 

धेरै वैज्ञानिकहरुले यसलाई सकारात्मक रुपमा लिँदै महामारी अन्त्य हुनसक्ने रुपमा लिएका छन्। 

सनफ्रान्सिस्कोमा रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियाका इम्युनोलोजिस्ट मोनिका गान्धी अब हामी पूर्णरुपले फरक चरणमा प्रवेश गरेको बताउँछिन्। भाइरस यद्यपि हामीसँगै रहे पनि यो भेरियन्टले महामारी रोक्न पर्याप्त इम्युनिटी उत्पादन गर्ने अनुमान गरिएको छ। 

ओमिक्रोन भेरियन्ट केवल एक महिनाअघि दक्षिण अफ्रिकामा देखिएको थियो। सोही कारण विज्ञहरु अझै यसबारे निश्चिन्त भइसकेका छैनन्। जे भए पनि भर्खरैको तथ्यांकले के देखाउँछ भने व्यापकमात्रामा फैलिएको इम्युनिटी र धेरै म्युटेसनहरुको संयोजनको परिणाम यो भेरियन्ट आएको हो र यो अघिल्ला भेरियन्टको तुलनामा कम हानिकारक छ। 

ओमिक्रोन फैलिएको कोरोनाको चौथो लहरमा दक्षिण अफ्रिकी अस्पतालमा भर्ना गरिएका संक्रमितमध्ये डेल्टा भेरियन्ट फैलिएको तेस्रो लहरका बेलाभन्दा ७३ प्रतिशतमा जटिल अवस्था नरहेको पाइएको थियो।

केप टाउन युनिभर्सिटीका इम्युनोलोजिस्ट वेन्डी बर्गरका अनुसार अहिले अस्पताल जाने संक्रमित र संक्रमण दर छुट्टिएको र तथ्यांक पनि सही छ। 

ओमिक्रोन भेरियन्टमा म्युटेसनका विचारणीय संख्या छन्,  जुनचाहिँ धेरैमध्ये स्पाइक प्रोटिनयुक्त छन् त्यो भाइरसको त्यस्तो भाग हो, जसले कोरोना बस्न सक्ने कोशिकालाई आक्रमण गर्न सक्रिय हुन्छ। यो त्यस्तो कोशिका हो जसले शरीरमा आतंक फैलाउँछ। 

सुरुवाती प्रमाणले के पनि संकेत गर्छन् भने यी म्युटेसनले केवल खोप नलगाएकालाई मात्र होइन, ओमिक्रोनले खोप लगाएकाको शरीरमा भएको एन्टिबडी प्रतिक्रिया र अघिल्ला संक्रमणलाई पनि आक्रमण गर्छ। 

जे भए पनि यो ओमिक्रोनले पछिल्ला रक्षारेखा पार गरेपछि दिने प्रतिक्रिया हेर्न बाँकी नै छ। 

ओमिक्रोन भेरियन्ट कोरोनाकै अघिल्ला भेरियन्टको तुलनामा कम हानिकारक भने देखिएको छ। यसका विशेषताहरुले यही देखाउँछन्। जस्तो कि फोक्सोमा संक्रमण हुने भाइरसको क्षमता नै एउटा कारण हो। कोभिड १९ सामान्यतया नाकबाट सुरु भएर घाँटीदेखि तलसम्म पुग्छ। 

यद्यपि पछिल्ला पाँच अध्ययनले यो भेरियन्टले फोक्सोमा गम्भीर असर गर्दैन। एक अध्ययनमा त ओमिक्रोन संक्रमित एउटा मुसाको फोक्सोमा संक्रमणको कम असर र हानि भेटिएको थियो। मुसा मर्ने सम्भावना पनि कम भेटियो। अघिल्ला भेरियन्टमा यसो हुँदैनथ्यो। 

अर्को बेल्जियन अध्ययनले पनि लोखर्के प्रजातिका प्राणीमा यसअघिका भेरियन्ट संक्रमण हुँदा धेरै गम्भीर बिरामी बनाए पनि यसमा त्यस्तो नभेटिएको देखाएको थियो। सीएनबीसी टिभी१८ बाट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .