ad ad

समाज


सुतेकै ठाउँमा हृदयाघात हुँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सुतेकै ठाउँमा हृदयाघात हुँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १०:३,

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ।

म‌ंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो।

उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताए। सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन्।

‘निरीक्षक थापा मंगलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए। आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ। तर बचाउन सफल भएनौँ’, उपरीक्षक न्यौपानेले भने, ‘डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ।’

अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताए। मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .