हङकङकी पप स्टार चो–यीले आन्दोलन समर्थन गरेकोमा माफी मागिन्

हङकङकी पप स्टार चो–यीले आन्दोलन समर्थन गरेकोमा माफी मागिन्

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ९:५८,

३९ वर्षकी चर्चित गायिका चो–यीले केही समय अगाडि सामाजिक संजाल फेसबुकमा एक पोस्ट गरेकी थिइन्।

उक्त पोस्टमा उनले हङकङको आन्दोलन समर्थन गरेको भनेर प्रतिक्रिया आएको थियो। चो–यीको चर्को विरोध भएको थियो।

विरोधपश्चात चो–यीले उक्त पोस्टलाई हटाउँदै माफी मागेकी हुन्। यद्यपी उनले आफूले हङकङको स्वतन्त्रतावादी आन्दोलनलाई भने साथ नदिएको बताएकी छिन्।

चिनियाँ संचारमाध्यम उनीमाथि खनिएका छन्। चो–यीले फेसबुकमा नकाब लगाएको फोटो पोस्ट गरेकी थिइन्।

हङकङमा गत अक्टोबर ४ देखि नकाब प्रतिबन्ध गरिएको छ। नकाबधारी प्रदर्शनकारीले हिंस्रक प्रदर्शन गरेपछि सरकारले नकाब प्रतिबन्ध गरेको थियो।

चो–यी भन्छिन्,‘मैले पोस्ट गरेको तस्बिरले यस्तो तहल्का मच्चाउँछ भन्ने मैले सोचेकैं थिइन। म राजनीतिक विषयमा बेखबर भएकोमा माफी माग्न चाहन्छु।’

‘म मेरो मातृभूमिलाई माया गर्छु, हङकङलाई प्रेम गर्छु, मैले कहिल्यै स्वतन्त्र हङकङको समर्थन गरेको छैन।’ उनले एससीएमपीसँग भनिन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .