ad ad

कारोबार


१७औँ हस्तकला व्यापार मेला मंसिर १२ गतेदेखि सञ्चालन हुने

१७औँ हस्तकला व्यापार मेला मंसिर १२ गतेदेखि सञ्चालन हुने

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १०:१८,

नेपाल हस्तकला महासंघले १७औँ हस्तकला व्यापार मेला आगामी मंसिर १२ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। नेपाली हस्तकला वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले मेला गर्न लगिएको हो।

मेलामा उद्यमी, कलाकार, कालिगढहरुबाट निर्यातयोग्य वस्तु उत्पादन गर्न प्रोत्साहित गर्ने बताइएको छ। महासंघले २०४८ सालदेखि व्यापार मेला गर्दै आएको छ। यो पटकको मेलामा आठवटा प्याभिलियनसहित करिब दुई सय स्टल रहनेछन्।

मेलामा भारत, श्रीलंका, बंगलादेशलगायत अन्तर्राष्ट्रिय व्यापारीको २० वटा स्टल रहने महासंघले जानकारी दिएको छ। वर्तमान बजार प्रवृत्तिमा आधारित वस्तु प्रदर्शनीमा होम डेकोर, टेक्सटायल, फेसनमा आधारित वस्तु तथा गरगहनाको समेत प्रदर्शन हुनेछ।

नेपालका विभिन्न भौगोलिक क्षेत्रहरुका प्रतिनिधित्व गर्ने भेषभूषा, खानाको परिकारका साथै जातीय पहिचन र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमहरुलाई मेलामा प्रस्तुति गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

मेलामा हस्तकला क्षेत्रको उत्कृष्ट निकासीकर्ता, उद्यमी तथा कलाकारलाई सम्मान गरिनेछ। ७० वर्ष उमेर नाघेका वरिष्ठ कलाकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

आयोजकले मेलामा झण्डै दुई लाख आगन्तुक आउने अनुमान गरिएको छ। मेला अवधिमा करिब १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नेछन्। मेला अवलोकन गर्नको लागि ५० रुपैयाँ निर्धारण गरिएको छ।

१५औँ हस्तकला प्रतियोगिता पनि हुने
नेपाल हस्तकला महासंघले लोपोन्मुख कलाकृतिहरुको जगेर्ना, मौलिक कलाको संरक्षण गर्नुको साथै नयाँ पुस्ताका कालिगढलाई पेशाप्रति आकर्षित गर्न विभिन्न विधामा हस्तकला प्रतियोगिता गर्दै आएको छ।

मेलामा परम्परा विधातर्फ धातुको भाँडाकुँडा बनाउने र समसामयिक विधातर्फ फरक क्षमता भएका कलाकारको लागि चित्रकला विधाबीच प्रत्यक्ष रुपमा सञ्चालन हुने बताइएको छ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद, दोस्रो हुनेले ३० हजार र तृतीय पुरस्कार २० हजार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .