ad ad

समाज


धादिङमा तेल ट्यांकर पल्टियो, चालकको मृत्यु

धादिङमा तेल ट्यांकर पल्टियो, चालकको मृत्यु

नेपालखबर
मंसिर १९, २०७८ आइतबार १९:४५, काठमाडौँ

धादिङमा तेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आइतबार दिउँसो थाक्रे गाउँपालिका २ कोईरालेस्थित सडकमा ना ३ ख ९१११ नम्बरको तेल ट्यांकर सडकबाट करिब १ सय मिटर तल खसेको थियो। 

ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ का ५७ वर्षीय सुकमान लामाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा ट्यांकरका सहचालक मकवानपुर बागमती गाउँपालिका ८ फापरबारीका १७ वर्षीय जय ब्लोन घाइते भएका छन्।

उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .